नियम २२९
अधिकार प्रत्यायोजन
(१) खरिद ऐन र यस नियमावलीमा व्यवस्था भएका लागत अनुमान संशोधन गर्ने, खरिद सम्झौता संशोधन गर्ने, खरिद सम्झौताको म्याद थप गर्ने र भेरिएसन गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन ।
(२) उपनियम (१) मा उल्लिखित अधिकार बाहेक अरु अधिकारहरु सो अधिकार प्राप्त अधिकारीले आफू मातहतको कुनै अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम प्रत्यायोजन भएको अधिकारका सम्बन्धमा त्यसरी अधिकार प्रत्यायोजन गर्ने अधिकारीको उत्तरदायित्व भने रहिरहनेछ ।
(४) उपनियम (२) बमोजिम अधिकार प्रत्यायोजन गर्ने अधिकारीले प्रत्यायोजित अधिकार बमोजिम भए गरेका कामको सम्बन्धमा सम्बन्धित अधिकारीबाट समय समयमा आवश्यक जानकारी लिई राख्नु पर्नेछ ।